Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

कोरिया – संयुक्त राष्ट्रसंघ ब्यालेस्टिक मिसाइल परीक्षण गरेकोमा उत्तर कोरियाको निन्दा गर्न असक्षम भएको छ । उत्तर कोरियाले गएको बुधबार जापानको जलक्षेत्र पुग्ने ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो ।

1

त्यसको निन्दा गर्न बसेको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकमा सहमति नजुटेपछि राष्ट्रसंघले घटनाको निन्दा नगरेको समाचार संस्था रोयटर्सले जनाएको छ । सुरक्षा परिषदका १५ सदस्य राष्ट्रको बैठकमा उत्तर कोरियाको मिसाइल परीक्षणको विषयलाई लिएर निन्दा गर्न अमेरिकाले प्रस्ताव गरेको ड्राफ्टमा सहमति जुट्न नसकेको हो ।

चीनले अमेरिकाको प्रस्ताव अस्वीकार गरेको रोयटर्सले उल्लेख गरेको छ । चीनले उत्तर कोरियाको निन्दासँगै सबै सम्बन्धित पक्षले एकअर्कालाई उक्साउने गतिविधि गर्न नहुने कुरा उल्लेख गर्न भनेको थियो । तर त्यसमा अमेरिकासहितका सदस्य राष्ट्र सहमत भएनन् ।

अमेरिकाले गएको महिना दक्षिण कोरियासँग मिलेर कोरिया प्रयाद्धिपमा टर्मिनल हाइ अल्टिच्युड एरिया डिफेन्स टिएचएएडी प्रणाली तैनाथ गर्ने निर्णय गरेको थियो ।
अमेरिकाको यो निर्णयले कोरिया प्रयाद्धिपमा तनाव थप बढाएको चीनको भनाई छ ।

यही विवादका कारण राष्ट्रसंघ उत्तर कोरियाको पछिल्लो ब्यालेस्टिक मिसाइल परीक्षणको निन्दा गर्न असफल भएको हो ।

तपाईको प्रतिक्रिया