Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर तीन वर्ष यताकै महंगो भएको छ । सुनको भाउ बुधबार तोलाको ५९ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको आइतबार तोलाकोे ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसपछि भने स्थिर थियो ।

gold-sun-chadi

यसअघि २०७० साल भदौ १२ गते सुन तोलाको अहिलेसम्मकै महंगो ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यसपछि विस्तारै ओरालो लागेर तोलाको ४७ हजार ७ सय रुपैयाँमा झरेको सुनको भाउ फेरि उकालो लागेको हो ।

अन्तर्राष्ट्रिय बजारमा शेयर बजारसँगै लगानीको अरु क्षेत्र कमजोर भएकाले सुनको भाउ बढेको महासंघले जनाएको छ । चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर ९ सय रुपैयाँमा किनबेच भैरहेको छ ।

तपाईको प्रतिक्रिया