Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक १८, २०८१
Sunday, November 3, 2024

काठमाडौँ – १० वर्षपछि राजधानीको भृकुटीमण्डपमा जारी नेबिसंघको महाधिवेशनले माहोल तातेको छ । हिजोबाट सुरु हुने बन्द सत्र प्रतिनिधि विवादका कारण आज मात्र सुरु हुने भनिएपनि अझै सम्म प्रतिनिधि विवाद मिल्न सकेको छैन् । Laxmi

लामो समयदेखि हुन नसकेको महाधिबेनमा उम्मेद्वारहरुको लामै लाइन छ । अध्यक्षमा मात्र एक दर्जन बढी नेताहरूले दाबी गरिरहेका छन् । संघले विधान संशोधन गरेर केन्द्रीय समिति बढाएर १ सय ५१ सदस्यीय बनाइसकेको छ । अध्यक्षमा जस्तै उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र सदस्यहरुका आकाक्षीको सूची पनि लामै छ । यसैबिच पोखराबाट नेबिसंघको राजनीति थालेका र युवामाझ लोकप्रिय लक्ष्मीप्रसाद पौडेलले प्रदेश नम्बर ४ को उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् ।

२०५८ सालमा पृथ्वीनारायण क्याम्पसबाट राजनीति थालेका पौडेल जनप्रिय बहुमुखि क्याम्पसको इकाई सभापति, जनप्रिय काउन्सिलको अध्यक्ष, कास्कीको जिल्ला सदस्य, जिल्ला उपाध्यक्ष हुँदै जिल्ला अध्यक्ष समेत भैसकेका छन् । मातृ पार्टीमा रहेका सक्रिय पौडेल क्षेत्रीय प्रतिनिधि समेत बनिसकेका छन् । उपाध्यक्षमा उम्मेदवारी दिँदै गर्दा उनले केही एजेण्डाहरु पनि प्रस्तुत गरेका छन् । पौडेलका अनुसार हाल लथालिङ भएको संघलाई संगठित र संगठनलाई पूर्ण ताजकी दिनको लागि उम्मेदवारी हो ।

यसका साथै ‘समृद्ध राष्ट्र निर्माणका लागि संविधान कार्यान्वयन र गुणस्तरीय सर्वसुलभ शिक्षाका लागि ११ औँ महाधिवेशन’ भन्ने नारा नै अगाडी बढाएका छन् । यस्तै नेपालको शिक्षामा अहिले २ खाले भिन्नता रहेको बताउँदै उनले समुद्रपारिसँग भने,‘जुन धनी र गरिबले पढ्ने शिक्षामा जुन खाडल छ, त्यसको अन्त्य गर्नका लागि पनि मेरो उम्मेदवारी हो ।’ प्रदेश नम्बर ४ सहित देशभरका विद्यार्थीमाझ लोकप्रिय मानिएका उनी नेबिसंघ पूर्व अध्यक्ष प्रदिप पौडेल निकट मानिन्छन् ।

तपाईको प्रतिक्रिया