Deneme Bonusu Veren Siteler
बुधबार, पौष १०, २०८१
Wednesday, December 25, 2024

काठमाडौँ – एक बंगलादेशी मानव तस्करले जागिर लगाइदिने प्रलोभनमा ढाका पुर्याएर ४६ नेपालीलाई अलपत्र छाडेका छन् ।

ती नेपालीलाई उद्धार गरी स्वदेश फर्काउने प्रयास भइरहेको बंगलादशस्थित कार्यवाहक नेपाली राजदूत धनबहादुर ओलीले बताउनुभयो । ओलीका अनुसार ढाकास्थित एक रेस्टुरेन्टमा जागिर लगाइदिने भन्दै ती बंगलादेशि दलालले उनीहरूलाई जेठ दोस्रो साता पर्यटक भिसामा त्यहाँ पुर्‍याएका थिए ।

सुरुमा पर्यटक भिसामा बंगालादेश पुर्याइएका उनीहरूको भिसाको म्याद सकिएपछि दलालले वर्किङ भिसा मिलाइदिने भन्दै फसाएपछि उनीहरू गैरकानुनी ढङ्गले बस्न बाध्य भएका थिए । ती बंगलादेशी मानव तस्करले जागिर लगाइदिने प्रलोभनमा ४६ नेपालीबाट ८० लाख रुपैया उठाएको बताइएको आजको अन्नपूर्णमा खबर छ ।

तपाईको प्रतिक्रिया