Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

कञ्चनपुर – नेपाल सरकार र भारतीय कम्पनी जिएमआर बिच माथिल्लो कर्णालीको विषयमा भएको सम्झौता खारेजीको माग गरिएको छ ।

नेपाल किसान पार्टी र ग्रेटर नेपाल कञ्चनपुरले सम्झौता राष्ट्रिय हित विपरीत भएकाले खारेजीको माग गरेको हो । शुक्रबार महेन्द्रनगरमा गरिएको पत्रकार सम्मेलनमा नेपाल किसान पार्टीका अध्यक्ष शिरोमणी ओझाले नेपालको जलस्रोतमाथी विदेशीको कब्जा जमाउने तरिकाले गरिएका सम्झौता आजैदेखि खारेज हुनुपर्ने बताउनु भयो । राष्ट्रको हित नहुने सम्पूर्ण सम्झौता खारेज गरेर नयाँ सम्झौता हुनुपर्ने उहाँको सुझाव छ ।

यस्तै ग्रेटर नेपालका क्षेत्रीय महासचिव गौरव जोशीले चार हजार दुईसय मेगावाट क्षमताको माथिल्लो कर्णाली सम्झौताले नेपाललाई घाटा भएको बताउनुभयो । उहाँले वर्षामा १ सय ८ र सुख्खायाममा ३६ मेगावाट विद्युत नेपालमा दिने सम्झौता र प्राकृतिक कारणबाट कम्पनीलाई क्षति भए नेपालले १ सय ५० प्रतिशत क्षतिपूर्ति दिने सम्झौताले नेपाललाई घाटै घाटा हुने बताउनुभयो ।

कर्णाली सम्झौता खारेजीको माग राख्दै ग्रेटर नेपाल र नेपाल किसान पाटीले दवाव दिन भोली शनिबार महेन्द्रनगरदेखि कैलालीसम्म मोटरसाइकल र्‍याली गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया