Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
परिषद्का अध्यक्ष शेष घलेद्धारा हस्ताक्षरित एक शुभकामना सन्देश जारी गर्दै उहाँको कार्यकालको लागि शुभकामना समेत व्यक्त गरेको छ ।

प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित भएसँगै मुलुकमा पुनःनिर्माणले गति पाउने र संविधान कार्यान्वयनको मार्ग प्रशस्त भई मुलुक स्थायित्व र आर्थिक सम्बृद्धि हुनेमा संसारभर छरिएर रहेका गैर आवासीय नेपालीहरू आसावादी रहेको शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्र पुर्नर्निर्माण र सम्बृद्धिका लागि नेपाल सरकारसँग सदा जस्तै हातेमालो गरेर अगाडी बढ्न गैर आवासीय नेपाली सङ्घ तत्पर रहेको बताइएको छ ।  भूकम्प, नाकाबन्दी र लामो समयको राजनीतिक आन्दोलनका कारण जोखिममा परेको मुलुकको अर्थव्यवस्था सुदृढ गर्ने मुलुकलाई सम्बृद्धिको मार्गमा अग्रसर बनाउन प्रधानमन्त्रीलाई सफलता मिलमोस शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया