Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – भूकम्पले क्षतिग्रस्त सिन्धुपाल्चोकस्थित गिरान्चौरवासीका लागि बस्ती निर्माण गरिरहनुभएका हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को संस्थालाई ताइवानवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।

‘नेपाल ताइवान एसोसिएसन’ नाम उक्त संस्थाले हालै गिरान्चौरको बस्ती निर्माणस्थल पुगी कलाकारद्वयको संस्था ‘धुर्मुस–सुन्तली फाउन्डेसन’लाई रकम हस्तान्तरण गरेको हो । टोलीमा एसोसिएसनका अध्यक्ष राजु गुरुङ, कोषाध्यक्ष राजन श्रेष्ठ तथा सदस्यहरु शङ्कर महर्जन, सुरेन्द्र नेपालीसहित यहाँ रहेका केही सहयोगी हुनुहुन्थ्यो ।

उहाँहरुले ताइवानवासी नेपालीका तर्फबाट पठाइएको रु तीन लाख पाँच हजार कलाकारद्वयलाई प्रदान गर्नुभएको थियो । भूकम्पपीडित विद्यार्थीका लागि काभ्रेपलाञ्चोकमा विद्यालय निर्माणकै लागि भनेर ताइवानबाट सो टोली नेपाल आएको हो ।

तपाईको प्रतिक्रिया