Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – प्रा.डा.गोविन्द केसीले संसदको सुशासन समिति अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको मतियार बनेको आरोप लगाउनुभएको छ ।

समितिले आफूलाई बोलाएको उल्लेख गर्दै उहाँले कार्कीलाई बोलाउन सकेमात्र आफू पनि उपस्थिति हुने बताउनुभएको आजको कान्तिपुर दैनिकमा खबर छ । ‘मलाई सुशासन समितिले बुधबार आउन सक्नु हुन्छ भनेर बोलाएको छ । तर, समितिले सात दिन बितिसक्दा पनि लोकमानलाई उपस्थित गराउन सकेको छैन,’ केसीले भन्नुभयो,‘उपसमितिका मान्छेहरु लोकमानकै बचाउमा लागिरहेका छन् ।’

संसदको सुशासन समिति मुलुकको सबै अंगले काम गरको छ वा छैन यसको अनुगमन गर्नुका साथै निर्देशनसमेत दिन सक्ने निकाय हो । उहाँले आफ्नो स्वास्थ्यस्थिति समेत बताउँदै ‘लोकमानलाई बोलाउन सक्नु हुन्न, मलाई बोलाएर के अर्थ हुन्छ ?’ भनि प्रश्न गरेको बताए ।

अख्तियार प्रमुख कार्कीले समितिले बोलाएपछि घाँटीमा संक्रमण भएको भन्दै एक साता आराम गर्नुपरेको पत्र पठाएका थिए । ***

तपाईको प्रतिक्रिया