Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – नेकपा माओवादी केन्द्रसँग सहकार्य गर्दै सरकार गठनको अन्तिम तयारीमा लागेका बेला नेपाली काँग्रेसभित्रै गम्भीर विवाद देखिएको छ ।

सभापति शेरबहादुर देउवाले आफूलाई बाइपास गरी एकलौटी रूपमा अघि बढेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले कडा आपत्ति जनाएपछि काँग्रेसभित्रको विवाद सतहमा आएको आजको राजधानी दैनिकमा खबर छ । सभापति देउवाको कार्यशैलीप्रति आक्रोशित बनेको पौडेल पक्षधरले प्रधानमन्त्री निर्वाचनमा आवश्यक रणनीति तय गर्न भन्दै मङ्गलवार आफू पक्षधर केन्द्रीय सदस्यको भेला समेत बोलाएका छ । sher-bahadur-and-ramchandra-paudel

पटकपटक गरिएको आग्रह अस्वीकार गर्दै सभापति देउवा एक्लै हिडेपछि भेला बोलाउन बाध्य भएको पौडेल पक्षधरको भनाई छ । पौडेल पक्षधर नेताहरूले सरकारको विषयमा निर्णय लिन तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेको छ । सभापति देउवाको बूढानिलकण्ठस्थित निवासमै पुगेर पौडेल पक्षधरले धम्कीसहित बैठक बोलाउन सुझाव दिएका छन् । पौडेलसहित उहाँ पक्षधर नेताहरू सोमबार साँझ देउवा निवास पग्नुभएको थियो ।

देउवा निवास जानुअघि पौडेल पक्षधर नेताहरूले अनामनगरस्थित सम्पर्क कार्यालयमा बैठक गरेका थिए । बैठकमा उनीहरूले पार्टी सभापतिलाई भेटेरै दबाब दिने निर्णय गरेका हुन् । सोही निर्णयअनुसार देउवा निवासमै पुगेर देउवालाई बैठक बोलाउन र अहिलेसम्मका सबै गल्ती सच्याउन पौडेल पक्षले भनेको हो ।

तपाईको प्रतिक्रिया