Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – नेपाल विद्यार्थी संघको महाधिवेशन विधिवत् रूपमा हुनु पर्ने र विभिन्न जिल्ला तथा क्याम्पसमा भएका फर्जी प्रतिनिधिहरूलाई मतदाता सूचीबाट हटाउनु पर्ने माग गर्दै काँग्रेस केन्द्रीय कार्यालयमा आमरण अनशन बसेका विद्यार्थी नेताहरू बेहोस भएका छन् । 13754544_1280157498691551_923159466516898142_n

अनशन बसेका विद्यार्थी नेताद्धय गणेश सापकोटा र रत्नहरि ढुंगेल बेहोस भएका छन् । गत शनिवारदेखि आमरण अनशन बसेका उनीहरू बेहोस भएपछि सोमबार चिकित्सक लगेर उपचार गरिएको संघका नेता बलदेव तिमल्सिनाले जानकारी दिनुभयो । अनशनका कारण शरीरमा ग्लुकोजको मात्रा कम भएकाले बेहोस भएका हुन् । चिकित्सकले बेहोस हुन थालेपछि उपचार गर्नुपर्ने बताएपनि उनीहरूले अस्वीकार गरेका छन् ।

यसैबिच नेविसंघको महाधिवेशन गराउन पार्टीद्वारा गठित निर्देशक समितिका संयोजक प्रकाशशरण महत र सदस्य प्रदिप पौडेलले अनशनस्थल पुगेर दुवैलाई अनशन स्थगित गर्न आग्रह गर्नुभएको थियो । नेताहरूले जिल्ला र क्याम्पसमा विधिवत् अधिवेशन नभई त्यत्तिकै गठन गरिएका समिति र फर्जी प्रतिनिधि खारेज हुनु पर्ने माग सम्बोधन गर्न नसकिने बरु अन्य मागमा चाहिँ लचक हुन सक्ने बताएका थिए ।

अनशनकारीहरुले भने आफ्ना माग पूरा नभए अनशन नरोकिने बताएका थिए ।

तपाईको प्रतिक्रिया