Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

dharahara

काठमाडौं – गोर्खा भूकम्पमा क्षेति भएको धरहरा अब लिफ्टसहितको बन्ने भएको छ । जस्को पुनःनिर्माणका लागि तीन खर्ब लाग्ने बताइएको छ ।
सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि धरहरा पुनःनिर्माणको प्राविधिक प्रस्ताव सार्वजनिक गरेको छ । प्रस्तावमा पुनर्निर्माण हुने धरहरा ४२ रोपनीमा फैलिने बताइएको छ । हाल पाँच रोपनीमा फैलिएको धरहरामा अब व्यापारिक केन्द्रसहित बगैंचा समेत बन्ने भएको छ ।
तीन अर्बको लागतमा तीन वर्षभित्र सम्पन्न गर्ने योजना रहेको सो प्रस्ताव अनुसार अब धरहरा क्षेत्रमा अहिले रहेको गोश्वारा हुलाक र टक्सार कार्यालय समेत गाभिनेछ । उक्त प्रस्ताव तयार पार्नुहुने वास्तुकार विष्णु पन्थीले पुरानो धरहराकै स्वरुपमा नयाँ धरहरा निर्माण गरिने बताए । पुरानो धरहराको अवशेषलाई नछोइकन त्यसैको अगाडिपट्टि नयाँ धरहरा बनाइने छ । बगैँचा वरिपरि बस्न मिल्ने र पानी परेका बेला ओत लाग्ने ठाउँ समेत राखिएको छ ।
नयाँ धरहरा क्षेत्रमा सुन्धारा समेत पर्ने भएकाले यसलाई पनि आकर्षक रुपमा प्रस्तुत गरिएको छ । सुन्धाराको धाराबाट पानी बग्नेगरी बनाइँदैछ । सुन्धाराको अहिले रहेकै ठाउँ पानीले भरिनेछ भने सुन्धाराको तीनतिरको छेउछेउ भ¥याङ राखी अवलोकनकर्तालाई फोटो खिच्ने ठाउँ छाडिनेछ । यसले त्यस क्षेत्रमा पर्यटकको आकर्षण अझ बढी रहने विश्वास गर्न सकिन्छ ।

Dharaharaa
पहिलेकै स्वरुपमा तयार पारिएकाले अहिले निर्माण गर्न लागिएको धरहरामा पनि ११ तला रहेको छ । धरहराबाट ८० प्रतिशत ‘भ्यू’ देखिने ‘ग्लास’ समेत राखिनेछ । धरहरामा प्रकाशको राम्रो व्यवस्था गरिने भएकाले साँझ यहाँ झलमल्ल हुने बताइएको छ । धरहराको उत्तरपट्टि बन्ने अत्याधुनिक ‘अन्डरग्राउन्ड पार्किङ’मा एकसय ३४ वटा गाडी अट्ने छ ।
यस्तै, पुरानो धरहराको इतिहास र अहिलेसम्मको अवस्थाबारे अवलोकनकर्तालाई जानकारी दिन नयाँ धरहराभित्रै ‘मिनी थियटर’ को व्यवस्था गरिने छ ।
यसका साथै, इतिहासलाई जीवन्त राख्ने र नयाँ पिँढीलाई यसबारे जानकारी दिने उद्देश्यले टक्सार कार्यालयमा रहेका पुराना मेसिन, मुद्रालाई सङ्ग्रहालय निर्माण गरी व्यवस्थित गरिनेछ ।

तपाईको प्रतिक्रिया