Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

टोकियो  – एनआरएनए जापानको आयोजनामा आगामी शनिवार र आईतवार हुन लागिएको नवौं नेपाल फेष्टिवलको तयारी पूरा भएको छ ।
आयोजक समिति एनआरएनए जापानका अनुसार फेष्टिवलको अन्तिम तयारी पूरा भईसकेको तथा विभिन्न कार्यक्रमहरुको समेत तयारी सकिएको जनाएको छ । कार्यक्रम टोकियो योयोगी पार्कमा हुन लागिएको हो । उदघाटन तथा अन्य दिनभरिको कार्यतालिका बारे आगामी बुधवार पत्रकार सम्मेलन मार्फत पूर्ण जानकारी दिईने मुल आयोजक समितिका संयोजक तथा एनआरएनए जापानका अध्यक्ष सुदन थापाले समुद्रपारिलाई जानकारी दिनुभयो ।
संयोजक थापाका अनुसार कार्यक्रममा विभिन्न विभागको जिम्मा लिएका विभागीय प्रमुखहरुले ३ तारिक बुधवार सिनोओकुवो स्टेशन नजिक रहेको नमस्ते गजल रेष्टुरेन्टमा विस्तृत रुपमा जानकारी दिने कार्यक्रम राखिएको छ । कार्यक्रममा सहभागि भई सम्पूर्ण विवरण जानकारी गराईदिनुहुन सम्बद्ध सबै विभागका प्रमुखहरुलाई अनुरोध गरिएको छ ।
यस्तै, कार्यक्रममा सहभागिता जनाई आफ्ना अमुल्य सुझाव तथा मार्ग र्दशन गरिदिनुहुन जापानवासी नेपाली, सम्पूर्ण पार्टीका भातृसंगठन, जनजाति महासंघ, नेपाल पत्रकार महासंघसहित सम्पूर्ण जिम्मेवार संघसस्थाका पदाधिकारीहरु, बुद्धिजिवी, विद्यार्थी तथा सम्पूर्ण पेशाकर्मीहरुमा हार्दिक अनुरोध गरिएको छ ।

आर्थिक सहयोगका गर्न अपील
आसन्न नवौँ नेपाल फेष्टिवलको तयारी पुरा भएको अवसरमा कार्यक्रमको सफलताका लागि आर्थिक सहयोग गर्न चाहने महानुभावहरुलाई आयोजक एनआरएनए जापानले अपिल गरेको छ ।
एक विज्ञप्ती जारी गर्दै आयोजक समितिले सम्बद्ध सबैमा सहयोगको अपेक्षा सहित संलग्न खाता नम्वर १००१०-­५२३७०३६१ मा सहयोग रकम पठाईदिनुहुन अनुरोध गरेको छ । नेपाल फेष्टिवल मुल आयोजक समितिले फेष्टिवललाई सहयोग गर्नेहरुका लागि कार्यक्रममा विशेष सम्मान गरिने आयोजक समिति एनआरएनए जापानका महासचिव अनुज थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया