Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

Nepal-Electricity-Authority-Fire-2

काठमाडौं – काठमाडौं स्थित स्युचाटारमा रहेको नेपाल विद्युत प्राधिकरणको सवस्टेशनमा भीषण आगलागी भएपछि देशभरको विद्युत अवरुद्ध भएको छ ।
सवस्टेशनमा आगलागी भएपछि अहिले नेपालमा भारतबाट आयात गरिरहेको मात्रै विद्युत प्रवाह भइरहेको छ ।
अहिले भारतबाट ल्याएर बाँडिएको स्थानमा मात्रै बिजुली छ’, सवस्टेशनका इन्जिनियिर विनोद लोहनीले भने, ‘नेपालमै उत्पादन गरेर बाँडिएको विजुली भने यही सवस्टेशनमा लागेको आगोका कारण पूर्ण रुपमा अवरुद्ध छ।’

Nepal-Electricity-Authority-Fire-5
आगो निभाउन काठमाडौं महानगरपालिकाको दमकल र पानीका ट्यांकरहरु प्रयोग गरिएका थिए । लामो समयसम्म आगो नियन्त्रणमा आउने सकेन । विद्युत सर्ट भएर सुरु भएको आगलागीबाट १३२/६६ केभी प्रसारणलाइनका लागि जडान गरिएको एउटा ट्रान्सफर्मर जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । त्यसैगरी अन्य ट्रान्सफर्मरमा पनि क्षति पुगेको छ भने सवस्टेशनका अन्य विद्युतीय संरचना पनि जलेका छन् । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया