Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौं – उपत्यकामा वर्षायाम सुरु भएसँगै रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । टेकु अस्पतालमा अहिले रुघाखोकी र ज्वरोको समस्या लिएर आउने बिरामीको सङ्ख्या पनि बढ्दै गएको अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुुर पुनले बताउनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

rukha khoki

अस्पतालमा दैनिक १० जनाभन्दा बढी ज्वरोको समस्या लिएर आउने गरेको डा पुनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष इन्फ्लुएन्जा बी युवामा कडारुपमा देखिएको छ । साधारणतया बी नरम हुनुपर्ने भएपनि अहिले यसले कडारुपमा युवालाई प्रभावित पारेको देखिएको छ ।”

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले बिरामीले समयमै होसियारी नअपनाए यो समयमा भाइरल ज्वरोले सताउने बताउनुहुन्छ । कामज्वरो आउने, जाडो हुने, घाँटी दुख्ने, सुक्खा खोकी लाग्ने, जोर्नी दुख्ने र कहिलेकाहिँ वाकवाक लाग्नेजस्ता समस्या लिएर बिरामी अस्पताल आउने गरेको र रगत परीक्षण गर्दा इन्फ्लुएन्जा बी पाइएको पुनको भनाइ छ ।

निर्देशक डा मरासिनीका अनुसार वर्षा लागेपछि हिलो र पानी जम्ने भएकाले यो समयमा सरुवा रोगको सङ्क्रमण बढी देखिने बताउनुभयो । उहाँले यसबाट बच्न भीडभाडमा नजाने, बाहिरबाट घर पुगेपछि साबुनपानीले हात धुने, सफा उमालेको पानी र सफा ताजा खानेकुरा खाने सल्लाह दिनुभयो । ज्वरो बढ्दै गएमा तुरुन्त अस्पतालमा गई जाँच गराउनुपर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया