Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

बैतडी – लगातारको पानीसँगै पहिरो जाँदा बझाङमा शुक्रवार पाँच घर पुरिएका छन् भने आठ घर उच्च जोखिममा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार काँडा गाविस–४ चुकझाडमा पहिरो जाँदा स्थानीय बमबहादुर बोहरा, गोरे बोहरा, लालबहादुर बोहरा, मोहनबहादुर बोहरा र मीनबहादुर बोहराको घर पुरिएकोे बताउनुभयो । यस्तै पहिरोका कारण सोही ठाउँका राम बोहरा, जोगमल बोहरा, दलभान कामी, फुगे बोहरा, गिरी बोहरा, धुर्पु बोहरा र गिरी बोहराका घर उच्च जोखिममा परेको बताइएको छ ।

पहिरोबाट मानवीय क्षति भने नभएको खबर आएको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो । चुकझाड गाउँमा १०५ परिवार बसोबास गर्दै आएका छन् । लगातार परेको वर्षाका कारण पहिरो जाने क्रम नरोकिएकाले गाउँ नै जोखिममा रहेको स्थानीय बासिन्दाले बताएका छन् । यसैबिच, बैतडीको खोड्पेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग हिलाम्य हुँदा दुर्घटनाको जोखिम बढेको छ ।

लगातार परेको वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा र केही शाखा सडक निर्माण गर्ने क्रममा पक्की सडकमा माटो खस्नुका साथै बीचबीचमा खोला भएकाले दुर्घटनाका जोखिम बढेको हो ।

तपाईको प्रतिक्रिया