Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा संविधान कार्यान्वयन गरी देशमा आर्थिक विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । नेपाल फ्राइट फरवार्डर्स एसोसिएसनले २२ औँ कार्गो दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले नेपाललाई समृद्ध  बनाउन स्वदेशमा भएका स्रोत तथा साधनलाई अधिकतम उपयोग गरी गुणस्तरीय उत्पादन गर्नुपर्नेमा जोड दिँदै त्यसले निर्यातमुखी व्यापार बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति पुनले कार्गो व्यवसायले विभिन्न देश तथा त्यहाँका नागरिकलाई सेवा पु¥याउनाका साथै सम्बन्ध विस्तार गर्ने बताउँदै सो व्यवसायले निर्यातको अनुपातमा आयात वृद्धि गरेकामा चिन्ता व्यक्त गर्नुभयो । वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले अन्तर्रा्ष्ट्रिय बजारमा माग भएका नेपाली वस्तुको गुणस्तरीय उत्पादन हुन नसक्दा निर्यात वृद्धि हुन नसकेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष भवानी राणा लगायतले देशमा गरिने पूर्वाधार र विकासनिर्माणका कार्यमा स्थानीय जनसहभागिता गराउन सकेमा मात्र सामाजिक रुपान्तरण सम्भव हुने विचार व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया