Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – केही दिनदेखि पहाडी जिल्लाहरूमा भइरहेको लगातारको वर्षाले यो साता सप्तकोसीमा पानीको बहाव पुलसम्मै पुगेपछि जोखिम बढेको छ । चार दिनअघि यो वर्षकै उच्च बिन्दुमा पुगेको पानीको बहाव बिहीबार केही घटे पनि पुलको उचाइ तल झरेको छैन ।21062016123559kosi-baraj-1000x0

पछिल्लो केही सातादेखि सप्तकोसीमा पानीको बहावमा घटबढ भइरहेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । कोसी ब्यारेजस्थित नियन्त्रण कक्षका अनुसार गत आइतबार राति सप्तकोसीमा पानीको बहाव दुई लाख ३३ हजार आठ सय ८० क्युसेक प्रतिसेकेन्ड मापन गरिएको थियो । बिहीबार साँझ ५ बजे भने कोसीमा बहाव एक लाख ७१ हजार ६ सय २५ क्युसेक प्रतिसेकेन्ड मापन भएको नियन्त्रण कक्षका भारतीय अधिकारीले बताएका छन् ।

पहाडी जिल्लामा हुने वर्षा अनुसार कोसी नदीमा जलस्तर बढ्ने भएकाले सोहीअनुसार बहाव घटबढ भइरहेको नियन्त्रण कक्षका एक कर्मचारीले बताउनुभयो । बिहीबार साँझ कुल ५६ वटा ढोकामध्ये १८ वटा खोलिएको छ । आइतबार २३ ढोका खोलिएको थियो ।

टापुको गाविसको रूपमा रहेको सप्तरीको गोबरगाढावासी बाढीको उच्च जोखिममा छ । सप्तकोसी नदीको बिच भागमा अवस्थित यो गाविसमा कोसीको बाढी जुनसुकै वेला पस्ने भएकाले गोबरगाढावासी बाढीको त्रासमा छन् ।

तपाईको प्रतिक्रिया