Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भारतीय गुप्तचर संस्था ‘रअ’ र अमेरिकी गुप्तचर संस्था ‘सीआईए’ ले प्रयोग गरेको नेकपा माओवादी केन्द्रकै नेता आरसी न्यौपानेले खुलासा गर्नुभएको छ । prachanda-in-ca

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न देशीविदेशी चलखेल भइरहेको आरोप लागिरहेका बेला माओवादीकै नेताबाट अध्यक्ष दाहाल नै ‘रअ’ र ‘सीआईए’ को गोटी बनेको ठोकुवा आएको हो । माओवादीको महाधिवेशन आयोजक समिति सदस्य समेत रहनुभएका नेता न्यौपानेले बिहीबार सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत दाहाल विदेशी गुप्तचर संस्थाबाट प्रयोग भएको खुलासा गर्नुभएको आजको राजधानी दैनिकमा खबर छ ।

नेता न्यौपानेले चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमण रोक्न र बाम गठबन्धन टुटाउन अध्यक्ष दाहाललाई प्रयोग गरेको ठोकुवासमेत गर्नुभएको छ । ‘विश्वस्त स्रोतका अनुसार चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोक्न, बाम गठबन्धन टुटाउन, माओवादी केन्द्रको चीनसँगको बन्दै गइरहेको असल सम्बन्ध ध्वस्त पार्न मात्र प्रचण्डलाई प्रधानमन्त्रीको पासा फालेर ‘रअ’ र ‘सीआईए’ ले माओवादीको टाउकाको मूल्य तोक्ने काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रयोग गर्दै यो खेल खेलेको छ,’ नेता न्यौपानेले फेसबुकको आफ्नो पेजमा लेखेका छन् ।

तपाईको प्रतिक्रिया