Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – एक वर्षको अवधिमा राजधानीमा साढे पाँच लाख सवारीचालक कारबाहीमा परेका छन् । karbai

ट्राफिक प्रहरीले अघिल्लो वर्ष एक करोडभन्दा बढी जरिवाना संकलन गरेको छ । आर्थिक वर्ष ०७२/७३ मा उपत्यकामा पाँच लाख ४८ हजार चार सय ७० जना चालक कारबाहीमा परेका छन् । अघिल्लो आर्थिक वर्षमा भन्दा यस वर्ष कम कारबाहीमा परेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

अघिल्लो वर्ष पाँच लाख ६७ हजार ६ सय ४० जना कारबाहीमा परेका थिए । कारबाही घटेपछि जरिवाना शुल्क बढाइएकाले कारबाहीबाट राजश्व धेरै उठेको छ । यस वर्ष ट्राफिक प्रहरीले १५ करोड ८२ लाख राजश्व संकलन गरेको छ । अघिल्लो वर्ष १४ करोड ४९ लाख रुपैयाँ संकलन भएको थियो ।

गत १ जेठ देखि ट्राफिक प्रहरीले न्यूनतम जरिवाना दुई सयलाई पाँच सय रुपैयाँ बनाएको थियो । त्यस्तै, अधिकतम हजारबाट एक हजार पाँच सय बनाएको थियो ।

तपाईको प्रतिक्रिया