Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – काँग्रेस महामन्त्री शशांक कोइराला पूर्ण स्वास्थ्य भएपछि आज ओम अस्पतालबाट डिस्चार्ज गरिने भएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि कोइरालादुइ सातदेखि उपचाररत हुनुहुन्थ्यो ।

कोइरालालाई सर्केर भएको निमोनिया समेत निको भएको उल्लेख गर्दै उपचारमा संलग्न डा. लव जोशीका अनुसार दिनुपर्ने औषधी पुरा भएकाले बुधवार बिहान कोइराला लाई डिस्चार्ज गरिन्छ । कोइरालाको रगत र फोक्सोको एक्स–रे परीक्षण प्रतिवेदन पनि सामान्य देखिएको छ ।

कोइराला घर गए पनि करिब दुई सातासम्म भने आराम नै गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् । कोइराला दुई साता अघि राती पेटमा गडवडी देखिको र खोकी लागेको भनेर ओम अस्पतालमा भर्ना हुनभएको थियो ।

उँहालाई केही दिन भेन्टिलेटरमा राखेर पनि उपचार गरिएको थियो ।

तपाईको प्रतिक्रिया