Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अल्पमतमा परेको हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

काँग्रेस संसदीय दल तथा काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यसहितको आज बसेको संयुक्त बैठकबाट बाहिरिने क्रममा उहाँले नेकाले प्रम ओलीको राजीनामा पर्खिरहेको बताउनुभयो । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका सभापति देउवाले एमाले त तपाईँलाई प्रममा प्रस्ताव एवम् समर्थन गर्दैछ हो ? भन्ने जिज्ञासामा देउवाले भन्नुभयो,‘प्रस्ताव ढिलो भयो । sher

’उहाँले संविधान कार्यान्वनका लागि दलहरूका बिचमा सहमति र सहकार्य आवश्यक भएकामा जोड दिनुभयो । दोस्रो संविधानसभाको निर्वाचनमा नेका सदनमा पहिलो पार्टीका निर्वाचित भएको थियो । सदनमा उसको २०७ सिट छ ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले मंगलबार सरकारबाट बाहिरिने निर्णय गरेसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्न नेका र केन्द्रका बिचमा सहमति भएको छ ।

तपाईको प्रतिक्रिया