Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

Rajpatra

काठमाडौं – सरकारले आउँदो साउन १ गते देखि लागू हुने गरी श्रमजीवी पत्रकारको न्यूनमत पारिश्रमिक राजपत्रमा प्रकाशित गरेको छ।
नयाँ व्यवस्था अनुसार श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन हुने राष्ट्रिय मिडियाका श्रमजीवी पत्रकारले न्यूनतम मासिक पारिश्रमिक १९ हजार ५ सय पाउने छन्। यस्तै, ऐन पूर्ण कार्यान्वयन हुने राष्ट्रिय मिडियाका श्रमजीवी कामदार, कर्मचारीको न्यूनमत मासिक पारिश्रमिक १४ हजार ४ सय निर्धारण गरिएको छ। अन्य सञ्चार प्रतिष्ठानका श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक भने १४ हजार १ सय र कामदार तथा कर्मचारीको न्यूनमत पारिश्रमिक १२ हजार ५ सय निर्धारण गरिएको छ। आंशिक समय काम गर्ने, ज्यालादारी, करारमा काम गर्ने श्रमजीवी पत्रकार, कामदार, कर्मचारीको हकमा न्यूनतम पारिश्रमिकको सट्टा कार्य घण्टा र करार बमोजिम सम्बन्धित प्रतिष्ठानले निर्धारण गर्ने राजपत्रमा उल्लेख छ।

तपाईको प्रतिक्रिया