Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

durghatana

नेपालगन्ज – सोमबार राति भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु भएको छ ।
बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार बुटवलबाट नेपालगन्जको जमुनाहा नाका हुँदै दिल्ली जाँदै गरेको ना ४ ख ७६८७ नम्बरको बस भारत उत्तर प्रदेशको बहराइच जिल्लाको रिसियामा ट्रकसँग ठोक्किएको थियो । सो दुर्घटनामा पाँच नेपालीको मृत्यु भएको खबर भारतीय प्रहरीबाट प्राप्त भएको प्रहरी उपरीक्षक राईले बताउनुभयो ।
दुर्घटनामा २८ जना घाइते भएका र मृतक नेपाली यात्रुको शव ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण बुभ्mन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीको नेतृत्वमा टोली त्यसतर्फ पठाइएको छ ।

तपाईको प्रतिक्रिया