Deneme Bonusu Veren Siteler
बुधबार, पौष १०, २०८१
Wednesday, December 25, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्री केपी ओलीले सत्ता गठबन्धनको आकस्मिक बैठक बोलाउनु भएको छ ।
बालुवाटारमा जारी बैठकमा माओवादी केन्द्र बाहेकका सत्ता साझेदार दलहरु सहभागी रहेका छन् । बैठकमा अब उपरान्त कसरी जाने भन्ने विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले बताए ।
यता, माओवादी केन्द्र सरकारबाट बाहिरिएपछिको परिस्थितिका बारेमा छलफल गर्न नेपाली कांग्रेसले बुधबार बिहान केन्द्रीय समितिको बैठक बोलाएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसँग टेलिफोनमा कुराकानी गरेपछि बुधबार बिहान ९ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको हो।
बुधबार बिहानसम्म नयाँ सरकार गठन बारे कांग्रेसले आफ्नो पार्टीको ड्राफ्ट तयार पारी केन्द्रीय समितिबाट निर्णय गर्नेछ।

तपाईको प्रतिक्रिया