Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

krishna bdr mahara

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले नेपाली कांग्रेसले आफ्ना अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउने कुरामा समर्थन गरेको खुलासा गर्नु भएको छ ।
सरकारबाट पार्टी बाहिरिएको जानकारी दिन सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महराले कांग्रेसले प्रचण्डको नेतृत्वमा सरकार बनाउने विषयमा पार्टीलाई पत्र पठाएको जानकारी दिनु भयो । उहाँले माओवादीले समर्थन फिर्ता लिएसँगै ओली नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने र अर्को सरकार गठनको मार्ग प्रशस्त गर्नु पर्ने बताउनु भयो । राष्ट्रिय सहमतिको सरकारका लागि वातावरण बन्दै गइरहेको उल्लेख गर्दै महराले साँझ बस्ने एमालेको स्थायी समितिले पनि राष्ट्रिय सरकारका पक्षमा निर्णय गर्ने आफूले विश्वास लिएको बताउनु भयो ।
पत्रकार सम्मेलनमा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले माआवादी केन्द्रले सरकारबाट बाहिरिन प्रधानमन्त्री ओलीलाई लेखेको पत्र पढेर सुनाउनु भएको थियो ।

तपाईको प्रतिक्रिया