Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

oli prachanda

काठमाडौँ – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
नौं बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट पोख्दै आएको केन्द्रले औपचारिक रुपमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा केहीवेरमा पत्रकार सम्मेलन गरि गर्दैछ ।
केन्द्रका नेता मणी थापाले समुद्रपारिलाई दिएको जानकारी अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवि भण्डारीलाई दिइसकेको छ । समुद्रपारिसँग छोटो कुराकानी गर्दै नेता थापाले एमालेले नौं बुँदे सहमती र त्यस बाहिरको भद्र सहमति तोडेको, संविधान कार्यान्वयनमा सरकार कमजोर बन्दै गएको र पुनर्निर्माणमा उदासिनतासँगै एनजीओ÷आईएनजीओकरण गरेको बताउनु भयो । उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गोप्य सहमति भएकै कारण सरकार छाडिएको बताउनु भयो । गोप्य सहमतिमा केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने रहेको छ । थापा भन्नुहुन्छ – ‘कांग्रेससहित मधेसी गठबन्धन र अन्य दलहरुलाई पनि सरकारमा ल्याउने प्रयास हुनेछ ।’ उहाँले समर्थन फिर्ता लिएसँगै सरकारमा बहुमत नपुग्ने र नैतिकताले ओली सरकारको राजिनामा आउने र अर्को सरकार गठनका लागि संसदीय प्रकृया सुरु हुने बताउनु भयो ।

तपाईको प्रतिक्रिया