Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौ – सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो दसौं वार्षिकोत्सव मनाएको छ । विगत १० वर्षदेखि विदेशमा रहेका नेपालीहरूलाई नेपालमा प्रभावकारी रूपले रकम पठाउने सेवा प्रदान गर्दै सिटीले सोमबार १० औं वार्षिकोत्सव मनाएको हो ।

सो अवसरमा राजधानी काठमाडौंमा आयोजित एक समारोहका बिच कमलादीस्थित नवनिर्मित भवन सिटी एक्सप्रेस कम्प्लेक्सको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उदघाटन गरे ।
City B
समुदघाटन समारोहमा बोल्दै सिटीका प्रवन्ध निर्देशक चन्द्र टण्डनले १० वर्ष पुगेको शुभ उपलक्ष्यमा कमलादीस्थित आफ्नै भवनमा सरेको जानकारी दिए । उनले भने – हामीलाई विश्वास छ, नयाँ भवनसंगै हाम्रा मिहिनेती कर्मचारीहरूबाट हाम्रो सेवालाई अझ प्रभावकारी बनाई उत्कृष्ट सेवा प्रदान गर्नमा कुनै कसुर बाँकी राख्ने छैनौं।’

प्रमुख अतिथिको आसनबाट बोल्दै गभर्नर डा. नेपालले नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको भूमिका ज्यादै नै महत्वपूर्ण रहेको बताए । गैरकानुनी तवरले हुण्डी मार्फत नेपालमा भित्रिने क्रमलाई तोड्न सिटी एक्सप्रेसजस्ता कम्पनीहरूको महत्वपूर्ण भूमिका रहेको भन्दै १० औं वार्षिकोत्सवको अवसरमा सिटीलाई बधाई दिए ।

सो अवसरमा आयोजित रक्तदान कार्यक्रममा सिटी एक्सप्रेसका ५० जना कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । संकलित रगत नेपाल ब्लड बैंकलाई हस्तान्तरण गरिएको थियो ।***

तपाईको प्रतिक्रिया