Deneme Bonusu Veren Siteler
बुधबार, पौष १०, २०८१
Wednesday, December 25, 2024

Nepali Sajha Samaj Japanटोकियो – हरेक बर्ष जस्तै यस बर्ष पनि नेपाली साझा समाज जापानले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा नेपालका चर्चित कलाकारहरूको साथमा तीज बिशेष साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रम आगामी अगस्त २८ तारिखका दिन गुन्माकेनको ओइजुमी माचीस्थित कुमिनखानमा हुने बताईएको छ ।

नेपाली मौलिक सँस्कृतिको संरक्षण गर्नुका साथै विशेष गरी तीजको बेला माइतीको सम्झना गर्दै परदेशमा रहेका महिला दिदीबहिनीहरुको न्यास्रो मेटाउन नेपाली साझा समाज जापानले तीज बिशेष कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष बुद्धि शेरचनले समुद्रपारिलाई बताए । चर्चित कलाकारहरु भनिए पनि उनीहरुको नाम भने सार्बजनिक गरिएको छैन ।

तीजको अवसरमा जापानमा अत्यधिक तीजे कार्यक्रमहरु हुने गर्दछन् । जापान जस्तो ब्यस्त मुलुकमा रहेर पनि नेपालमै जस्तो महिनौ सम्म दर खाने र खुवाउने अनि भड्किलो तीज मनाउने बढ्दो प्रचलनले नेपाली समाजमा पर्न सक्ने प्रभाव बारे भने आयोजक तथा स्वयम महिला अगुवाहरुको ध्यान जानुपर्ने आवाजहरु उठ्न थालेका छन् । ***

तपाईको प्रतिक्रिया