Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारका लागि दौडधुप थाल्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दुई ठुला दल काँग्रेस र एमालेले समर्थन नगर्ने जनाउ दिएका छन् ।

सहमतीय सरकार बन्ने सम्भावना कम देखेपछि दाहाल बहुमतीय सरकारको विकल्पमा जाने/नजाने द्विविधामा देखिनुभएको छ । सहमतीय सरकार बन्न सम्भव नरहेको बताउँदै आएको काँग्रेसले बहुमतीय सरकारका लागि भने दाहाललाई समर्थन गर्ने संकेत दिएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

अहिलेको गठबन्धनबाट अलग भएपछि मात्रै काँंग्रेसले त्यसबारे औपचारिक निर्णय लिने स्रोतले बतायो । राष्ट्रिय सरकारका लागि समर्थन खोज्न गएका दाहाललाई काँग्रेस सभापति शेरबहादुर देउवाले सम्भव नभएको जवाफ दिनुभयो ।

काँग्रेस संसदीय दलमा सोमबार अपराह्न २० मिनेट देउवा र दाहालबीच छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया