शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

चितवन – जिल्लाका भूकम्पपीडितलाई उन्नत जातका बोका वितरण गरिएको छ । जिल्लाका आठवटा पहाडी गाविसका भूकम्पपीडितलाई एकसय उन्नत जातका ब्याडका बोका वितरण थालिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा रामकुमार कार्कीले जानकारी दिनुभयो ।

प्रतिबोका रु १५ हजारका दरले रु १५ लाखमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । दाहाखानी, चन्डिभञ्याङ, काउले, कोराक, सिद्धि, दारेचोक, कविलास र लोथरका ७२ वडामा एक–एकवटाका दरले बोका बाँडिने छ ।

नस्ल सुधारसँगै उन्नत जातको बोकाका कारण आयआर्जनमा वृद्धि हुने कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया