टोकियो–लामो समयदेखि क्यान्सरबाट पीडित बनेका पदम बोहोराको उपचारको लागि जापानबाट सहयोग संकलन गरी पठाइएको छ ।
‘सेवा नै धर्म हो’ भन्ने उदेश्यका साथ ‘हेल्पिङ ह्याण्ड फर पदम’ नामको फेसवुक पेज बनाइ विनोद बोहोरा, राम बोहोरा, पवन बोहोरा र बिनोद बोहोराको सक्रियतामा सहयोग संकलन शुरु गरिएको थियो ।
जापानबाट संकलित दश लाख चौहत्तर हजार दुई सय त्रिसाठी रुपैयाँ पीडितको परिवारलाई हस्तान्तरण गरिएको कुरा बिनोद बोहराले समुद्रपारिलाई बताउनुभयो ।
भरतपुरको क्यान्सर अस्पतालमा उपचारार्थ बोहोराको सहयोगको लागि हामी सबैलाई धन्यवाद दिन चाहन्छौं –सहयोग संकलनमा सक्रियहरुले बताए ।***
तपाईको प्रतिक्रिया