Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

नेपालगन्ज – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दलहरुबीच चाँडै राष्ट्रिय सहमति नबने मुलुक ठुलो दुर्घटनामा जान सक्ने बताउनुभएको छ ।

गत वर्षको भूकम्पबाट ज्यान गुमाएका सञ्चार उद्यमी तथा समाजसेवी अच्युतराज सुवेदीको ‘स्मृति’ पुस्तक विमोचन कार्यक्रमलाई बिहीबार नेपालगन्जमा सम्बोधन गर्दै उहाँले मुलुकलाई सम्भावित राजनीतिक दुर्घटनाबाट जोगाउन राष्ट्रिय सहमति एक मात्र विकल्प भएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालले भन्नुभयो, ‘अहिले राजनीतिमा अहंकार र विकृति बढेको छ, त्यसलाई परास्त गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक छ ।’

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली वा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण भए पनि आफ्नो दललाई मान्य हुने उँहाको भनाइ थियो ।

तपाईको प्रतिक्रिया