Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस सहमतिमा नआए प्रमुख सत्तारुढ दल नेकपा एमाले सशक्त रूपमा प्रस्तुत हुने भएको छ ।

भूकम्प पीडितलाई एक मुष्ट दुई लाख रुपैयाँ उपलब्ध गराउनु पर्ने माग गर्दै केही दिनदेखि संसद अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस सहमतिमा एमाले सशक्त रूपमा प्रस्तुत हुने जनाईएको छ ।

काँग्रेसको मागलाई लिएर आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनी निकटका केही नेताहरूको बैठक बसेर काग्रेसले आफैले बनाएको कार्यविधि र विदेशी दातृ निकायसँग गरेको सम्झौता विपरीत माग गरिरहेको निष्कर्ष निकाल्दै समस्या समाधानका लागि सहमतिमा नआए उसका विरुद्ध कडा रूपमा प्रस्तुत हुनु पर्ने निर्णय गरेको स्रोतले बताएको छ ।बैठकले आज प्रधानमन्त्रीले संसदमा आफ्नो धारणा राख्न पहल गर्ने र त्यसका लागि सभामुखसँग छलफल गर्नुपर्ने निष्कर्ष समेत निकालेको छ ।

यस्तै काँग्रेसले पनि आफूहरुको माग प्रति प्रधानमन्त्री सिरियस नभएको र वार्ताको नाममा केवल झारा टार्ने काम मात्रै गरिरहेकोले अझै कडा रूपमा प्रस्तुत हुने मनस्थिति बनाएको छ ।

तपाईको प्रतिक्रिया