Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

लहान – अविरल वर्षासँगै आएको बाढीले आज बिहानैदेखि सिरहाको डुमरी गाविस– ७ तिलुवास्थित घुर्मी खोलाको बाँध भत्काउन थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।

एक सातादेखिको वर्षाका कारण आज बिहानैदेखि घुर्मीखोलामा आएको तीव्र गतिको बाढीले बाँध भत्काउन थालेपछि गाउँमा बाढी पस्ने भन्दै स्थानयवासी त्रसित बनेका हुन् । बाढीले घुर्मी खोलाको बाँध टुटेकाले गाविसको वार्ड नं ७ मा बाढीले ठुलो क्षति पुर्‍याउनसक्ने सम्भावना रहेको बताइएको छ । यता सिरहाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जल उत्पन्न कार्यालय सिरहाबाट इन्जिनियरसहितको प्राविधिक टोली बिहानै त्यसतर्फ पठाएको जानकारी दिनुभयो ।

यस्तै अविरल वर्षाका कारण सिरहा सदरमुकामस्थित अधिकांश सरकारी कार्यालय परिसरमा पानी जमेको छ । सदरमुकामस्थित जिल्ला पशु कार्यालय, कृषि विकास, जिल्ला जनस्वास्थ्य, विद्युत् प्राधिकरण कार्यालय लगायतका कार्यालयमा पानी जमेका छन् ।

यसअघि हिजो सिरहाको लहानस्थित बलान खोलाबाट इलाका प्रहरी लहानले तीन जनालाई उद्धार गरेको थियो ।

तपाईको प्रतिक्रिया