Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो – नेपाली काँग्रेसको जापानस्थित भातृ सङ्गठन नेपाली जन सम्पर्क समिति जापानको कान्तो क्षेत्रको तेस्रो अधिवेशन यही २६ तारिख आइतबार हुने भएको छ ।
अधिवेशन टोकियोको ओता कुस्थित ओताकुरिचु स्योउहिस्या सेइखाचु सेन्टरमा बिहान ९ बजेदेखि सुरु हुने भएको छ ।

दुई सिफ्टमा विभाजित कार्यक्रममा पहिलो सत्रमा ९ बजेदेखि १२ बजेसम्म साधारण सदस्यता फारम जम्मा तथा उम्मेदवारी दर्ता रहेको छ भने दोस्रो सत्र साँझ ५ बजेदेखि ९ः३० सम्म अधिवेशन तथा निर्वाचन रहेको जानकारी कान्तोका वर्तमान अध्यक्ष प्रेम कंडेलले समुद्रपारिलाइ बताउनुभयो ।

समितिले जन सम्पर्क समिति जापानसँग सम्बन्धित सबैमा आवश्यक दस्तुर १ हजार येन तिरेर साधारण सदस्यता लिन तथा सदस्य भैसकेकाहरूलाइ नवीकरण गर्न पनि आग्रह गरेको छ ।

नयाँ सदस्य तथा नवीकरणको लागि निर्वाचन समितिका सदस्यहरू तथा कान्तो कमिटीमा सम्पर्क राख्न भनिएको छ । सोलमारी रेष्टुरेन्ट, सिनओकुवो, टुर एण्ड ट्राभल्स (आइएमइ) सिनओकुवो र गाइजिन कन्सल्टेन्सी सिनओकुवोमा सम्पर्क गर्न सकिने बताइएको छ ।

तपाईको प्रतिक्रिया