टोकियो – एउटा बारमा बसेर ४ घण्टा सम्म खाएको विल तिर्न नसकेपछि एक जना बेरोजगार युवालाई जापानको कोएटोबाट प्रहरीले पक्राउ गरेको छ ।
कोइची इगुची नाम गरेका ती युवाको ठेगना खुलेको छैन् । रातीको सवा ९ बजे बारमा गएका ती युवाले महंगा वियर, लगायतका खाना अडर गरेका थिए भने उनी रातीको सवा १ बजे सम्म डोटलमा बसेका थिए ।
ती युवाले बारमा रहेको अन्य व्यक्तीका लागि पनि आफैले अडर गरेर खाना खुवाएका थिए । विल तिर्ने बेलामा उनीसँग जम्मा ४२ ऐन मात्र रहेको थियो भने कुनै क्रेडिड कार्ड पनि थिएन ।
सुरुमा प्रहरीले उनले सबै पैसा उनी बस्ने गरेको होटलमा छोडेको हुनसक्ने बताएको थियो । तर ति युवाले आफुसँग पैसा नभएको तर धेरै पिउने इच्छा भएकोले पिएको प्रहरीलाई बताएका छन् ।