सउल – भीमाकुमारी बचाउ अभियान कोरियाले संकलन गरेको ४८ लाख ५४ हजार २ सय २ वोन हिजो जापान जापान पठाएको छ । कोरियामा संकलित उक्त रकम आजै मुटुरोगी भीमाको खाता नम्बर १७४९०–६०९८९०११ मा पठाईएको जानकारी अभियानले दिएको छ । मुटुको समस्या देखिएपछि अस्प्ताल पुगेकी भीमालाई तत्कालै मुटुको भल्भ फेर्नुपर्ने भएपछि जापान र कोरियामा सहयोग रकम संकलन गरिएको थियो ।
विद्यार्थी भिषामा जापान आएकी भीमामा गत वर्ष देखि नै मुटुको समस्या देखिए पनि गत साता मात्र अस्पतालले यथाशक्य चाँडो भल्भ फेर्नुपर्ने र त्यसका लागि झण्डै पन्ध्र लाख येन आवश्यक पर्ने बताएको थियो । उपचारका लागि आफु एक्लैले त्यत्रो रकम जुटाउन नसक्ने र पारिवारको आर्थिक अवस्था कमजोर रहेको भन्दै भिमाले जापानमा रहेका सामाजिक संस्था र प्रवासमा रहेका नेपाली दाजुभाइसँग आर्थिक सहयोगको अपिल गरेकी थिइन् । सोही बमोजिम कोरियामा पनि हाम्रो परिवार मार्फत भिमा बचाउ अभियान शुरु गरेर रकम संकलन गरेको हो ।
थोरै समयमा हाम्रो परिवारले ठूलो परिमाणमा रकम संकलन गर्न सफल भएको थियो । परिवारले सहयोग गर्ने सम्पूर्ण सहयोगी मन भएका नेपालीलाई धन्यावाद समेत प्रकट गरेको छ भने विरामी भीमाले पनि सहयोगी हातहरु प्रति आभार प्रकट गरेकी छिन् । त्यस्तै उनले आजका दिनबाट आफ्नो उपचारका लागि सहयोग नउठाउन पनि आग्रह गरेकी छिन् । भेमाको अहिले जापानको नेरिमास्थित हिकारिगाओका अस्पतालमा मुटुको शल्यक्रिया भईरहेको छ । अत्यन्त संबेदनशील मानिने मुटुको शल्यक्रिया पछि भीमाले केहि समय सघन कक्षमा रहेर नियमित उपचार र चेकजाँच गर्नुपर्ने हिकारिगाकोका अस्पतालले जनाएको छ ।
यसैबीच हाम्रो परिवार कोरियाले पनि भीमा बचाउ अभियान अन्तर्गत सहयोग रकम उठाउने कार्य बन्द गरिएको घोषणा र सहयोग दाताहरु प्रति आभार प्रकट गरेको छ ।