काठमाडौं – सामाजिक अभियान्ताको परिचय बनाईसकेका हास्य कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) तथा कुञ्जना घिमिरे (सुन्तली) सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्राण्ड एम्बेसेडर भएका छन् ।
सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि र धुर्मुस-सुन्तली फाउन्डेशनका सदस्यद्वय सिताराम कट्टेल तथा कुञ्जना घिमिरेका बिच ब्राण्ड एम्बेसेडर बारे आपसी सम्झौता भएको हो ।
सो सम्झौता पत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले र धुर्मुस-सुन्तली फाउन्डेशनकातर्फबाट सिताराम कट्टेल (धुर्मुस) ले हस्ताक्षर गरेका थिए ।सिटी एक्सप्रेसले पछिल्लोपटक भूकम्पपीडितका लागि सिन्धुपाल्चोकको गिरानचौरमा नमूना वस्ती निर्माणका १५ लाख ५५ हजार रुपैयाँ धुर्मुस-सुन्तली फाउन्डेसनलाई सहयोग गरेको थियो ।
धुर्मुस र सुन्तली आफ्नो कलाकारिता संगैसंगै सामाजिक सेवामा दत्तचित्त भै लागिरहेका छन् भने सिटी एक्सप्रेसले पनि आफ्नो व्यवसायिक गतिविधीका साथसाथै सामाजिक क्रियाकलापमा समेत सहभागिता जनाइरहेको छ ।***