Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

Sudur Pashimeli Samajटोकियो – मुटुरोगी भीमाकुमारी श्रेष्ठको उपचारका लागि सुदूरपश्चिमेली समाज जापानले आर्थिक सहयोग गरेको छ ।

भीमाको उपचार सहयोगार्थ समाजको खातामा जम्मा हुन आएको रकम २९ हजार १ सय १ येन आजै उनको हुलाक खाता नंवर १७४९०- ६०९८९०११ मा जम्मा गरिएको सो समाजले जनाएको छ ।

सुदूरपश्चिमेली समाजले जापानका हरेक सामाजिक गतिबिधिमा सहकार्य गर्नुका साथै जापानका नेपालीलाई आईपर्ने आपत-बिपतमा सहयोग गर्दै आईरहेको समाजका अध्यक्ष पूर्ण चलाउनेले समुद्रपारिलाई बताउनुभयो ।

अध्यक्ष चलाउनेले समाजको फेसबुक पेज मार्फत भीमाकुमारीका लागि सहयोग जुटाउन मद्दत गर्ने सबैमा धन्यबाद ब्यक्त गर्नुभएको छ । अस्पतालमा उपचाररत भीमाको आउँदो २२ तारिख मुटुको शल्यक्रिया हुने निकट स्रोतले जनाएको छ ।

मुटुको भल्भ नै फेर्नुपर्ने जटिल समस्याबाट पीडित भीमाले समुद्रपारिमार्फत आफ्नो जीवन अब जापानबासी नेपालीहरुले मात्र बचाउन सक्ने आशयको अपिलसहितको समाचार बाहिर आएपछि उनको उपचार सहयोगार्थ जापानब्यापीरुपमा स्वतस्फुर्तरुपमा सहयोग रकम संकलन भईरहेको छ । यति छोटो अवधिमा यतिधेरै चासो र चिन्ताका साथ जापानबासी नेपालीहरुबाट स्वतस्फुर्त ढंगले यति ठूलो परिमाणमा रकम संकलन भएको संभवत जापानमा पहिलोचोटी हो ।***

तपाईको प्रतिक्रिया