Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो–टोकियोको कोमागोमे, इकेवुकुरो, ओचुका लगायतका स्थानहरुमा रेष्टुरेन्ट व्यवसाय गर्दै आइरहेको शान्ति कम्पनीले आफ्नो सम्पूर्ण रेष्टुरेन्टहरु एक्कासी बन्द गराएपछि एक दर्जन बढी कर्मचारीहरु मर्कामा परेका छन् ।
कर्मचारीहरुले २०१५ को मार्चदेखि नै तलब नपाएको  बुझिएको छ । संचालन पक्षले एक्कासी रेष्टुरेन्ट बन्द गरेर आफूहरु मर्कामा परेको कुरा सूचनामा लेखेर रेष्टुरेन्टको सटरमै टाँसेका छन् । त्यसो त उक्त रेष्टुरेन्टले ६ हजार २ सय मान  तलब र ओभरटाइम तलब समेत तिर्न बाँकी भएको सूचनामा लेखिएको छ । सूचना उक्त कम्पनीमा काम गर्ने कर्मचारीहरुले संयुक्त रुपमा लेखेको देखिन्छ भने त्यसमा हामीलाई सहयोग गर्नुहोस् भनिएको छ । कम्पनीले आज सूचना जारी गरी यही २० तारिकदेखि कामबाट १५ जना कर्मचारीलाई अबकाश दिइएको जानकारी दिएको समाचार छ । अवकास पाउनेहरुमा कति जना नेपाली कर्मचारीहरु परेका छन् त्यो भने अझै थाहा भइसकेको छैन ।

तपाईको प्रतिक्रिया