Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

10टोकियो – नेपाली ढिडो र गुन्द्रुक खान आएका जापानी पाहुनाहरुबाट संकलित रकमले नुवाकोट जिल्लाको फिकुरी गाबिस डिगाउँका ५५ घर धुरीलाई खानेपानीको ब्यवस्था गरिएको छ ।

गत वर्षको महाभूकम्पका कारण युगौंदेखिका पानीका मुहानहरु एकाएक सुकेपछि पानीको हाहाकार मच्चिएको डिगाउँमा जापानको टोकियोमा रहेको नेपाली रेष्टुरेन्ट पुर्जा डाईनिङकी सञ्चालक छक्कू उदासीको पहलमा जुटेको रकमले उक्त गाउँमा खानेपानीको ब्यवस्था गरिएको हो । खानेपानीको ब्यवस्थापनबाट बिनाशकारी भूकम्पले खोसेको खुशी थोरै भए पनि फिर्ता गरिदिएको भन्दै डिगाउँलेहरुले खुशी ब्यक्त गरेका छन् ।उक्त खानेपानी परियोजनाका लागि स्थानीयहरुको दीर्घकालिन सञ्चालक समिति पनि गठन गरिएको छ । सो परियोजनाको स्थानीय समाजसेवी छत्रबहादुर लामाले संयोजकको भूमिका निर्बाह गरेका थिए ।

यहि २०१६ जुन ४ तारिख शुक्रबारका दिन भूकम्प पीडित राहत कोषबाट डिगाउँलाई पुग्नेगरी बनेको ३ वटा धाराको नेपाली रेष्टुरेन्ट पुर्जा डाईनिङका प्रोप्राईटर छक्कु उदासी र बिशेष सहयोगी जापानी नागरिक यामाकी युकियोले संयुक्तरुपमा उदघाटन गरेका थिए । उक्त परियोजना सम्पन्न पश्चात बचेको रकम २० हजार रुपैंया भूकम्प पीडित बालबालिकाहरुलाई थोरै भए पनि सहयोग पुगोस भन्ने हेतुले एकीकृत सिर्जनशील समाज नेपालकी सञ्चालिका जुनु पुनलाई हतान्तरण गरिएको थियो । ***

तपाईको प्रतिक्रिया