काठमाडौँ – हरेक वर्ष सरकारले विभूषित व्यक्तिलाई १५ लाख रुपैयाँसम्म पर्ने मानपदवी केही महिनामै दिने गरेको छ । तर, पाँच हजार रुपैयाँभन्दा कम लागत पर्ने अलंकार र पदक भने सरकारे घोषणा गरेको ६ वर्ष वितिसक्दा पनि वितरण गरेको छैन् ।
राज्यमा महत्वपूर्ण योगदान गर्ने व्यक्तिलाई सरकारले तीन प्रकारका विभूषण घोषणा गर्ने गरेको छ । गणतन्त्र स्थापनापछि ०६७ देखि सरकारले विभूषण दिन थालेको हो । सोही वर्षदेखि नै मानपदवी पाउनेले तक्मा पाउँदै आएका छन् । अलंकार र पदक अहिलेसम्म घोषणामै सीमित छ । मानपदवी उच्चपदस्थ व्यक्तिले पाउँछन् भने अलंकार र पदक तल्लो तहका व्यक्तिलाई दिने गरिएको छ ।
महँगो पर्ने मानपदवी सरकारले हरेक वर्ष बनाएर वितरण गर्छ । तर, सस्तो पर्ने अलंकार र पदकको आसमा भने घोषणा भएका करिब दुई सय जना छन् । तक्मा लिन गृह मन्त्रालय धाएर थाकिसकेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
गृह मन्त्रालयका प्रवक्ता शंकर कोइराला अलंकार र पदकको डिजाइन र साँचो समयमा निर्माण हुन नसक्दा तक्मा वितरण गर्न नसकिएको बताउँनुहुन्छ ।