Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो – नेपाली बिद्यार्थी समाज जापान (नेसाज) ले मुटुरोगी भिमाकुमारी श्रेष्ठका लागि १ लाख ६१ हजार ६ सय ६१ येन आर्थिक सहयोग प्रदान गरेको छ ।

’भिमाकुमारी बचाउ’ अभियान सुरु गरेको सो समाजले उक्त रकम बुधबार भिमाकुमारी श्रेष्ठको हुलाक खाता नम्बर १७४९०-६०९८९०११ मा पठाएको नेसाजका महासचिव तेज गुरुङले समुद्रपारिलाई बताउनुभयो ।
उक्त अभियानमा सहयोग गर्ने सम्पूर्ण महानुभाव तथा संस्थाहरुलाई धन्यवाद ब्यक्त गर्दै अब ’भिमाकुमारी बचाउ’ अभियान बन्द गरिएको नेसाजले जनाएको छ ।

मुटुको दुवै भल्भ फेर्नुपर्ने संवेदनशील अवस्थामा पुगेकी भिमाकुमारी श्रेष्ठको जीवन रक्षाका लागि नेसाजले उक्त पहल गरेको हो । नेसाज जापानमा रहेका नेपाली बिद्यार्थीहरुको साझा संस्थाकारुपमा सन् १९९७ देखि क्रियाशील आधिकारिक संस्था हो ।

ओखलढुंगा जिल्लाबासी भिमाकुमारी सन् २०१४ को अप्रिलमा बिद्यार्थीकारुपमा जापान आएकी हुन् । उनले आफ्नो संवेदनशील स्वास्थ्य स्थिति बारे जानकारी गराउँदै समुद्रपारि डट कम मार्फत जापानबासी नेपालीहरु समक्ष नयाँ जीवनको भिख मागेकी थिईन् । उनको कारुणीक अपिललाई मनन गर्दै अहिले जापानब्यापीरुपमा आर्थिक सहयोग जुटाउने लहर चलेको छ । बिदेशमा भएकी एक नेपाली चेलीलाई परेको विपतमा नेपालीहरुले देखाएको सहयोगी भावनाप्रति भिमाले कृतज्ञता प्रकट गरेकीछिन् ।

भिमाको उपचारका लागि चौतर्फीरुपमा सहयोग जुट्नु राम्रो कुरो भए पनि कसले, कहाँबाट, के कति रकम उठाएको र भिमाले पाएको वा नपाएको भन्ने कुनै लेखाजोखा नभईरहेको सन्दर्भमा भिमाको उपचारका नाममा दुरुपयोग वा विवादित क्रियाकलाप नहोस् भन्ने तर्फ पनि सचेत हुनु जरुरी छ । बिरामी भिमा कुमारीले पनि एउटा निश्चित मिति तोकेर सहयोग जुटाउने अभियान बन्द भएको घोषणा गर्दै प्राप्त भएको सहयोग रकमको बारेमा जस्ताको तस्तै सार्बजनिक गर्न आवश्यक छ । ***

तपाईको प्रतिक्रिया