Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

टोकियो – जापानको राजधानी टोकियोका गभर्नर योइची मासुजोएले व्यक्तिगत प्रयोजनका लागि सार्वजनिक कोष चलाएको घटना सार्वजनिक भएपछि राजिनामा दिनुभएको छ । गभर्नर योइचीले आफ्नो बिदा मनाउँंदाको खर्च, चित्र किन्न र छोराछोरीलाई कापी किताब किनिदिनका लागि सार्वजनिक कोषको दुरुपयोग गरेको खबर सार्वजनिक भएसंगै बढ्दो विरोधपछि राजिनामा दिनुभएको समाचारमा जनाइएको छ ।

गत अप्रिलमा गभर्नर योइची मासुजोएले बिदा मनाउन जाने क्रममा सरकारी गाडी प्रयोग गरेको खुलासा भएको थियो । उक्त घटना पछि उहाँले सरकारी भ्रमणमा पनि सीमा भन्दा बढी खर्च गरेको खुलासा भएको थियो ।

यता गभर्नरले भने आफ्नो अकाउन्टेन्टले केही निजी खर्चलाई पनि सरकारी बिलमा उल्लेख गरेको स्पष्ट पार्नुभएको छ । माथिल्लो सदनको चुनाव हुनु अघि सार्वजनिक भएको यस घटनाले प्रधानमन्त्री सिन्जो आवेको लिबरल डेमोक्रेटिक पार्टीलाई असर पार्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया