काठमाडौँ – कोपा अमेरिका फुटबल अन्तर्गत समूह डी को अन्तिम लिगमा अर्जेन्टिनाले बोलिभियालाई ३–० ले पराजित गरेको छ । अर्जेन्टिनाले खेलको पहिलो हाफमै ३ गोल गरेको हो ।
अर्जेन्टिनाको जितमा एरिक लामेला, एजिक्वेल लाभेजी र लियान्द्रो कुएष्टाले एक–एक गोल गरे । बुधवार बिहान भएको समूह चरणको अर्को खेलमा पेनामामाथि ४–२ को जित हात पारेको साविकको विजेता चिली समूह डीको उपविजेता बनेको छ ।
यससँगै क्वार्टरफाइनल समिकरण पुरा भएको छ । पहिलो क्वार्टरफाइनलमा अमेरिका र इक्वेडर भिड्नेछन् । पेरुले कोलम्बिया प्रतिद्वन्द्वी पाएको छ ।
मेक्सिीको र चिली अन्तिम क्वार्टरफाइनलमा भिड्नेछन् ।