काठमाडौँ – भूकम्पबाट क्षति ग्रस्त भएका घर पुनर्निर्माणका लागि १ लाख २ सय ७२ घरधनीसँग अनुदान सम्झौता भएको छ ।
भूकम्म अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा सम्बन्धित घरधनी र गाउँ विकास समितिका सचीवबीच अनुदान सम्झौता भएको हो । संघीय मामिल तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार २०७३ साल जेठ ३२ गतेसम्म गोरखामा १७ हजार ६ सय ६८, धादिङमा ४ हजार ८ सय २४, नुवाकोटमा १५ सय ८८, रसुवामा ११ सय र सिन्धुपाल्चोक ६६ सय ६० घरधनीसँग अनुदान सम्झौता भएको छ ।
यस्तै काभ्रेमा १४ सय ७५, दोलखामा १६ हजार २ सय, रामेछापमा ३५ हजार ३ सय ८० घरधनीसँग अनुदान सम्झौता भएको हो । यसैगरी, ओखलढुङ्गामा १४ हजार २ सय २, सिन्धुलीमा ११ सय र मकावनपुर जिल्लामा ७५ घरधनीसँग अनुदान सम्झौता भएको छ ।