Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको पनि सञ्चय कोषको व्यवस्था हुनुपर्छ भनेर सुरु गरिएको हजारे अभियानसँग कर्मचारी सञ्चय कोषले सहकार्य गर्ने भएको छ । राजधानीमा मंगलबार भएको गैर आवासीय नेपाली संघका पदाधिकारी एवं हजारे अभियानका सदस्यहरू र कर्मचारी सञ्चयकोषका प्रमुख प्रशासकका बिच भएको छलफलमा उक्त सहमति भएको हो ।

यसै सन्दर्भमा विभिन्न कोणबाट वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सञ्चयकोषको व्यवस्थाको चर्चा चलिरहँदा नेपाल सरकार अन्तर्गतको कर्मचारी सञ्चय कोष पनि प्रवासी नेपालीले कमाएको पैसा बचत गराउने र उनीहरूलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले छुट्टै सञ्चय कोषको व्यवस्था गर्ने दिशामा अघि बढेको छ । स्वदेशमा नै यथेष्ठ रोजगारीको व्यवस्था नहुँदा बहुसङ्ख्यक नेपाली युवाहरू अहिले वैदेशिक रोजगारीका लागि विदेश पलायन भएका छन् । तिनै युवा पिँडी वैदेशिक रोजगारीबाट स्वदेश फर्कँदा पनि अन्ततः खाली हात नै हुने गरेका कैयौँ उदाहरणहरू भेटिएपछि पछिल्लो समयमा कर्मचारी सञ्चय कोषले आफ्नो ध्यान आकृष्ट गराएको हो ।

?
?

कर्मचारी सञ्चय कोषले गरेको तयारी अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले कमाएको रकमबाट केही रकम छुट्याएर सञ्चय कोषमा जम्मा गर्ने र त्यसरी जम्मा भएको रकमलाई उत्पादनमूलक कार्यमा लगानी गरी उनीहरूको सामाजिक सुरक्षा तथा अन्य अति आवश्यकीय क्षेत्रमा सदुपयोग गर्ने योजना सहित तयारी अगाडि बढाइएको हो । पछिल्लो समयमा कर्मचारी सञ्चय कोषले अगाडि सारेको अवधारणा अनुसार सरकारले ऐन संशोधनको तयारी गरिरहेको र उक्त ऐन संशोधन पूर्व नै यस सम्बन्धमा विस्तृत अध्ययन अनुसन्धान गरी सरल, सहज, समय सापेक्ष, वैज्ञानिक र आधुनिक प्रणालीको तर्जुमा गरी अगाडि बढ्नेगरी सकारलाई सुझाव दिने दिशामा अध्ययन भइरहेको कोषका प्रमुख प्रशासक कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो ।

छलफलका क्रममा गैर आवासीय नेपाली संघले गत अधिवेशनबाट अगाडि बढाएको हजारे अभियान र यसको आवश्यकताका बारेमा जानकारी गराउँदै एनआरएनएका महासचिव डा. बद्री केसी ले संघले विदेशमा रहेका नेपालीहरूको सामाजिक सुरक्षाका साथै उज्वल भविष्यका लागि छुट्टै कोषको स्थापना गरी सो कोष मार्फत उनीहरूको भविष्यलाई मार्गदर्शन गर्ने उद्देश्यका साथ हजारे अभियान अगाडि बढाएको जानकारी दिनुभयो । lagankhel_building

यस सम्बन्धमा विस्तृत छलफल गरी अगाडि बढ्न एनआरएनए र कोषका पदाधिकारीका बिचमा पुनः अर्को बैठक बसेर अगाडि बढ्ने निर्णय गर्दै मंगलबारको छलफल सकिएको थियो । मध्यपूर्वको ओमानबाट सुरु भएको हजारे अभियानका सम्बन्धमा पछिल्लो समयमा गैर आवासीय नेपाली संघले प्रधानमन्त्री, सभामुख, पूर्व प्रधानमन्त्री, प्रमुख राजनीतिक दल लगायत विभिन्न सरकारी निकाय समक्ष समेत ध्यानाकर्षण गराईसकेको छ । जसलाई सरकारी पक्षले पनि सकारात्मक रूपमा लिनुलाई हजारे अभियानको पहिलो खुट्किला पार भएको रूपमा एनआरएनहरुले लिएका छन् ।

मंगलबार भएको अनौपचारिक गैर आवासीय नेपाली संघका महासचिव डा.बद्री केसी, एनआरएनएका युवा उपसंयोजक लोकराज शर्मा, हजारे अभियानका सदस्य दामोदर नेपाल, एनआरएनएका कार्यकारी निर्देशक राजेश राना, उद्धव भट्टराई लगायका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया