Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

Expiredटोकियो – जापानको आइची केन कियोसु सिटीमा रहेको एक सुपरमार्केटमा म्याद सकिएको मैदा तथा मागरिन बटर बाहिरबाट लगेर राखिदिएको आरोपमा प्रहरीले ६० बर्षीय महिलालाई पक्राउ गरेको छ ।

सान्केइ सिन्बुनले जनाएअनुसार उक्त महिलाले सुपरमार्केटमा रहेको सामानहरु भएको दराजमा ८ बर्षअघि नै म्याद सकिएको मैदा तथा ३ बर्षअघि म्याद सकिएको मागरिन बाहिरबाट लगेर राखिदिएको प्रहरीले जनाएको हो ।

सुपरमार्केटमा राखिएको क्यामेरामा एकजना महिला साइकलमा आएर भित्र प्रबेश गरी अन्य सामानहरु भएको स्थानमा आफुले ल्याएको सामान राखेर फर्केको देखिएको छ । त्यसको आधारमा प्रहरीले अनुसन्धान गर्दा नजिकै बस्ने उक्त महिलालाई ब्यापारमा हानी पुर्‍याएको अभियोगमा पक्राउ गरिएको छ । ती महिलाले पनि आफ्नो गल्ती स्वीकार गरेकीछिन् । तर किन यस्तो कार्य गरिन् भन्ने अनुसन्धान भईरहेको बताईएको छ ।

सुपरमार्केटले उक्त सामानहरु मध्ये केही बिक्रि गरिसकेको थाहा लागेको छ । उक्त सामानहरु फिर्ता गर्न सुपरमार्केटले अनुरोध गरेको छ । नागोया क्षेत्रमा रहेका अन्य २ वटा सुपरमार्केटमा पनि सोही प्रकृतिका सामानहरु भेटिएकोले त्यसमा पनि उनको संलग्नताको बारेमा छानबिन भईरहेको समाचारमा उल्लेख छ ।

जापानमा मानसिक डिप्रेशनमा परेका मानिसहरुले बिभिन्न खालका अपत्यारिला अपराधहरु गर्ने गरेका भेटिन्छन । यस अघि पनि पसलमा राखिएको पाउरोटीमा सियो घुसाउने कार्यमा संलग्न एक युबकलाई प्रहरीले पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया