Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – नयाँ शक्ति नेपालको पार्टी घोषणासँगै सोमबारबाट सुरु भएको छलफल सत्रमा विवाद भएको छ । पार्टीको सिद्धान्त तथा राजनीतिक प्रतिवेदनका विषयमा विवाद देखिएको हो ।

पार्टीको कार्यदिशा बाम राख्ने कि गैरबाम राखेर अघि बढ्ने भन्नेमा पनि नयाँ शक्तिका प्रतिनिधिहरुमा फरकफरक धारणा राखेका हुन् । विभिन्न १३ वटा समूह विभाजन गरेर सञ्चालित छलफल सत्रका सहभागिहरुबीच कम्युनिस्ट पृष्ठमूमिबाट आएका प्रतिनिधिहरूले वाम नै राखेर जानुपर्नेमा जोड दिएका छन् । तर, कम्युनिस्ट पृष्ठभूमिभन्दा बाहिर बिभिन्न  पेसा तथा व्यवसाय अँगालेर आएका प्रतिनिधिहरूले भने गैरवाम नाम राखेर जानुपर्नेमा जोड दिएका छन् ।

छलफल सत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै संयोजक डा. बाबुराम भट्टराईले तत्कालका लागि बाम लोकतान्त्रिक चरित्रको सिद्धान्त अवलम्बन गरेर गए पनि आगामी वर्षभित्र उपयुक्त विकल्प खोजेर परिवर्तन गर्न सकिने बताउनुभएको थियो । नयाँ शक्तिका केन्द्रीय परिषद सदस्य केशव अर्यालले सिद्धान्तका विषयमा कसरी अगाडि बढ्ने भनेर पनि प्रतिनिधिहरुबीच छलफल भइरहेको बताउनुभयो ।

यता, संघीय गणतान्त्रिक पार्टीका अध्यक्ष पर्शुराम तामाङले पूतुत गरेको अलग्गै राजनीतिक प्रतिवेदनमा पनि बहुराष्ट्रिय जनतन्त्रको सिद्धान्त अगाडि सारेको आजको राजधानी दैनिकमा खबर छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया