Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सञ्चारमाध्यामलाई व्यवस्थित र भरपर्दो बनाउनु आवश्यक रहेको बताउनुभएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले राखेको ‘आमसञ्चार नीति तथा आगामी कार्यदिशा’ विषयको गोष्ठीपछि सोमबार साँझ राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेको टोलीसँग कुरा गर्दै राष्ट्रपति भण्डारीले सञ्चारमाध्यम पारदर्शी, जवाफदेही र सामाजिक उत्तरदायी हुनुपर्ने बताउनुभयो । उँहाले भन्नुभयो, ‘जनतालाई सत्य राम्रो कुरा सुसूचित गर्ने काम सञ्चारकर्मीको हो, तपाईँहरूले मुलुकको पक्षमा सद्भाव, बन्धुत्व र भ्रातृत्वको समाचार सम्प्रेषण गर्नुहुनेछ भन्ने विश्वास म लिन चाहन्छु ।

’राष्ट्रपति भण्डारीले राष्ट्रिय सुरक्षा र एकताका पक्षमा कलम चलाउन पत्रकारसँग आग्रह गर्दै श्रमजीवी पत्रकारको हक, हित र पारिश्रमिकको विषय सरकारले गम्भीरतापूर्वक लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले सरकारी सञ्चारमाध्यमसँगै निजी सञ्चारमाध्यमलाई पनि विशेष चासोका साथ हेर्नुपर्ने बताउँदै भन्नुभयो,‘दुर्गम क्षेत्रका सञ्चारमाध्यमलाई राज्यले विशेष चासोका साथ हेर्नुपर्छ ।’

उक्त अवसरमा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधानको भावना र मर्मअनुसार सञ्चार नीति बनाउन लागिएको र त्यसले सञ्चार क्षेत्रका पीडालाई सम्बोधन गर्ने बताउनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया